३१ जेठ २०८३, आइतबार

चार हजार ४ सय १ जना नेपाली स्वदेश फिर्ता

बैशाख ३०, २०७८
चार हजार ४ सय १ जना नेपाली स्वदेश फिर्ता

दोस्रो चरणको महामारी सुरु भएयता मुलुकको विभिन्न सीमा नाकाबाट चार हजार ४०१ नेपाली नेपाल प्रवेश गरेको गृह मन्त्रालयले जनाएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी देशभरका दुई हजार २५७ क्वारेन्टाइनमा कुल तीन हजार ४०९ बेड क्षमता रहेको, क्वारेन्टाइन शय्या सङ्ख्या अघिल्लो दिनको तुलनामा २९० वटा बढेको, देशभर उपलब्ध ४१ हजार १५८ अक्सिजन सिलिन्डरमध्ये आठ हजार नौवटा अक्सिजन सिलिन्डर मात्र मौज्दात रहेको विवरण गृह मन्त्रालयबाट प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी उद्योग र निर्माण क्षेत्रबाट एक हजार ४६० अक्सिजन सिलिन्डर मेडिकल प्रयोजनका लागि प्राप्त भएको जनाइएको छ ।

अर्थ मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि तीन करोड ५७ लाख रुपियाँ बराबरको मेडिकल उपकरण, १८ करोड ६४ लाख रुपियाँ बराबरको औषधि पैठारी भएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी कोभिड–१९ को प्रतिकार्यका लागि एचडीयू शय्या थापना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच करोड ५८ लाख, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड ७२ लाख र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छ करोड २५ लाख रुपियाँ निकासा गरिएको सो सम्बन्धी जारी विज्ञप्तिमा जनाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बुधबार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समेतको संलग्नतामा अत्यावश्यक खाद्य पदार्थ एवं औषधिजन्य सामग्रीको नियमित बजार अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट भएको जानकारी प्राप्त भएको जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्