२९ असार २०८३, सोमबार

भरतपुरको मतगणना शुरु गर्न माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

कात्तिक २०, २०७४
भरतपुरको मतगणना शुरु गर्न माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

काठमाडौं १७ जेठ– नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यबस्थापिका संसद् बैठक अबरुद्ध गरेको छ ।

माओवादी केन्द्रका कार्यकर्ताते चुनावमा पराजय हुने भयले चितवनको भरतपुरमा मतपत्र च्यातेको आरोप एमालेले लगाएको छ । नतिजा प्रभावित गर्नेगरी गरिएको काम सार्वभौम अभिमत माथिको बलात्कार भएको एमालेले बताएको छ ।

व्यबस्थापिका संसद्को बुधवार बसेको बैठकको सुरुमा सभामुखसँग समय लिएर एमाले नेता सुरेन्द्र पाण्डेले अविलम्ब मतगणना शुरु गर्न माग गरेका हुन् । पाण्डेले मतगणना शुरु नभएसम्म संसदको अबरुद्ध गर्ने चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्