×

NMB BANK
NIC ASIA

नेपाल समूहमा मत बाझियो, यी नेता राजीनामाको पक्षमा देखिएनन्

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एमालेको खनाल–नेपाल समूहमा केपी ओलीले आफूहरूलाई जसरी पनि लखेट्ने नीति बनाएको विषयमा एकमत भए पनि सांसद पदबाटै राजीनामा दिएर पार्टी विभाजनकै उद्घोष गर्ने या नगर्ने भन्नेमा मत बाझिएको छ । 
खनाल–नेपाल समूहमा निर्णायक मानिने नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले सकेसम्म पार्टी मिलाउनुपर्ने र अन्तिमसम्म कसरत जारी राख्नुपर्ने धारणा राखिरहेका छन् ।

Muktinath Bank

अरु सांसदहरूले भने पदाधिकारीले गर्ने निर्णय मान्य हुने भन्दै हस्ताक्षर बुझाइसकेका छन् । अरू स्थायी कमिटी सदस्यले पनि प्रतिनिधिसभामा रहेका स्थायी कमिटी सदस्यलाई निष्कर्ष निकाल्न म्यान्डेट दिएका छन् । प्रतिनिधिसभाका सांसदसमेत रहेका यो समूहका स्थायी कमिटी सदस्यमा खनाल, नेपाल, रावल, भुसाल, पाण्डे, भट्टराई र विष्ट छन् । नेता भुसालले ओलीसँग आत्मसमर्पण नगर्ने धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले नै राजीनामा नदिए पनि संविधानको धारा ७६(३) अन्तर्गत बन्ने ओली सरकार धेरै नटिक्ने भएकाले धारा ७६(५) अन्तर्गतको सरकारका लागि लबिइङ गर्न सकिने राय पनि खनाल–नेपाल समूहमा आएको छ । धारा ७६ (५) मा प्रतिनिधिसभाका कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । धारा ७६(२) अन्तर्गत प्रधानमन्त्री दाबी गर्दा दलीय आबद्धता खुल्नुपर्ने भए पनि धारा ७६(५) अनुसार जुनसुकै सदस्यको पनि हस्ताक्षरसहित दाबी गरे पुग्छ । कान्तिपुरमा खबर छ । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x