१९ असार २०८३, शुक्रबार

भारतले अरू देशलाई खोप दिन नसकेपछि अघि सर्‍यो चीन

बैशाख ३०, २०७८
भारतले अरू देशलाई खोप दिन नसकेपछि अघि सर्‍यो चीन

कोरोनाभाइरसविरुद्धको खोपलाई भ्याक्सिन मैत्री नाम दिँदै भारतले छिमेकी मुलुकहरूलाई उपलब्ध गराउँदै आएकोमा अहिले देशमै खोपको अत्यधिक माग भएपछि रोकेको छ । 

यस्तो अवस्थामा चीनले आफूकहाँ बनाएको खोप नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूलाई उपलब्ध गराउन थालेको छ । 

भारतबाट कोभिशील्ड खोप ल्याएपछि नेपाल लगायत दक्षिण एसियाली मुलुकले चीनको खोपलाई खासै वास्ता नगरेको अवस्था थियो । तर भारतले थप खोप दिन नसक्ने भएपछि चिनियाँ खोपलाई दक्षिण एसियाली मुलुकहरूले भित्र्याउन थालेका छन् । 

चीनले दक्षिण एसियाली मुलुकहरूलाई खोपका केही मात्रा उपहारका रूपमा दिइरहेको छ भने भारतसँग खोपको कच्चा पदार्थमा चर्को मूल्य असुलिरहेको छ । चिनियाँ कम्पनीहरूले भारतसँग कोरोनाभाइरसविरुद्धको लडाइँमा उपयोगी उपकरण र तिनको निर्माणका लागि आवश्यक कच्चा पदार्थको मूल्य बढाएका छन् । 

जस्तो, १० लिटर अक्सिजन कन्सनट्रेटर २० डलरमा पाइन्छ भने अहिले त्यसको एक हजारदेखि १२ सय डलर असुल्ने काम भइरहेको छ । 

भारतका कोभिडको दोस्रो लहरका कारण अक्सिजन कन्सनट्रेटर, सिलिन्डर र ट्यांकरको आवश्यकता बढेर गएको छ । 

हङकङमा भारतीय काउन्सल जनरल प्रियंका चौहानले साउथ चाइना मर्निङ पोस्टमा यो विषय उठाएकी छन् । चीनले कोभिडविरुद्धको दोस्रो लहरमा आवश्यक सामानको मूल्यमा नियन्त्रण गर्ने अपेक्षा भारतले गरेको उनले बताइन् । 

चीनको सिचुआन एयरलाइन्सले भारत जाने उडान पनि बन्द गरिदिएको छ । त्यसैले कच्चा पदार्थ मगाउन पनि समस्या परेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्