×

NMB BANK
NIC ASIA

उपेन्द्र यादवको पक्षमा बहुमत सांसद जुटेको जसपाका सांसद यादवको दावी

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले वैकल्पिक सरकार निर्माणका लागि बहुमत जुटाउने प्रयत्न जारी रहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

अहिलेसम्म समाजवादी पार्टी खेमामा वैकल्पिक सरकार निर्माण गर्नका लागि १७ जना सांसदले हस्ताक्षर गरिसकेको र उक्त संख्या बढ्ने क्रममा रहेको उनले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘माधव कुमार नेपाल तथा झलनाथ खनाल समूहका सांसदले राजीनामा गरेको खण्डमा हामीहरूको समर्थनमा आउने सांसदको संख्या १७ बाट बढेर २० सम्म पुग्छ,’ सांसद यादवले भने,‘पूर्व राजपा भित्रका केही सांसदहरू नेपाल-खनाल समूहको राजीनामा कुरेर बसिरहेका छन्।’


Advertisment
Nabil box
Kumari

जसपामा रहेका ३२ सांसद मध्ये बहुमत सांसद एउटा आएकाले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई चयन गरी दलको नेताको तर्फबाट हस्ताक्षर राष्ट्रपति समक्ष बुझाउने तयारी रहेको उनले खुलाए। 

Vianet communication
Laxmi Bank

वैकल्पिक सरकार निर्माणका लागि पार्टीको कार्यकारिणी समितिको बैठकबाट आधिकारिक रुपमा निर्णय गरेर उक्त निर्णयको माइन्यूट पनि राष्ट्रपतिलाई बुझाउने तयारी रहेको उनले खुलाए।

‘अहिले सम्म कार्यकारिणीमा २८ जना सदस्यले हस्ताक्षर गरिसकेका छन,’ पूर्व सपा खेमाबाट सांसद निर्वाचित भएका यादवले लोकान्तरसँग भने,‘कार्यकारिणीमा अझै पनि संख्या बढाउने प्रयत्न जारी छ, त्यो संख्या पनि ३१ सम्म पुग्नेछ।’

एकातर्फ जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्नका लगी पार्टीको कार्यकारिणी समिति र संसदीय दल समेतको हस्ताक्षर जुटाउने तयारी गरेका छन्।

अर्को तर्फ जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर भने वैकल्पिक सरकार निर्माण गर्ने पार्टीको निर्णय नभएको तथा उपेन्द्र यादवले कुनै कागज ल्याए त्यसलाई वैधता नदिन भन्दै हिजो बुधवार राष्ट्रपति निवासमा जानकारी गराइसकेका छन्।

राष्ट्रपति निवासमा ठाकुर र जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेर नै इमेल मार्फत पठाएको पत्रबारे जानकारी गराएर उपेन्द्र यादवले हस्ताक्षर गरेर बुझाउने कुनै पनि पत्र आधिकारिक नहुने बताएका थिए।

'म पार्टीको प्रथम अध्यक्ष हो, मैले हस्ताक्षर नगरेको पत्र पार्टीको आधिकारिक पत्र हुँदैन, त्यसैले उपेन्द्र यादवले बुझाउने पत्रलाई आधिकारिकता नदिनुहोला,' राष्ट्रपति भण्डारीसँग अध्यक्ष ठाकुरले गरेको आग्रहलाई उद्धृत गर्दै एक नेताले भने ।

अर्को तर्फ कार्यकारिणीदेखि संसदीय दलमा समेत बहुमत ठाकुरको पक्षमा हस्ताक्षर गरेको जसपाका ती नेताले बताए। 

संविधानको धारा ७६(२) अनुसार वैकल्पिक सरकार निर्माण गर्नका लागि राष्ट्रपति भण्डारीले दिएको समय आज राति ९ बजे सकिनेछ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x