गंगामा कहाँबाट आए यति धेरै लाश ?

भारतको उत्तर प्रदेश र बिहारमा गंगा किनारमा थुप्रो लाशहरू भेटिन थालेपछि तिनको चर्चा शुरू भएको छ । 
 

लाशहरू देखिन थालेपछि समात्नलाई जाली पनि राखिएको छ ।
 


Advertisement

गंगाको किनारमा रहेका पूर्वाञ्चलका गाउँहरूमा अझै पनि मृत्युपछि जलप्रवाहका रूपमा अन्त्येष्टि गर्ने कुप्रथा कायम छ । अहिले दाउराको मूल्य बढेको अवस्थामा अनि कोरोनाका कारण मर्नेहरूको संख्या बढेकाले पनि नदीमा लाशहरू भेटिएका हुन् । 

उत्तर प्रदेशको बलिया जिल्लाको टुटुवारी गाउँमा बस्ने राम मुरारि रायका अनुसार, गंगामा जलप्रवाह अन्त्येष्टिको एक विधि हो । गरीबहरूले दाउराका लागि पैसा जुटाउन नसक्दा पनि जलप्रवाह गर्ने गरिएको छ । अनि सर्पले

टोकेर भएको जस्तो अप्राकृतिक मृत्युपछि पनि जलप्रवाहका रूपमा अन्त्येष्टि गर्ने गरिएको छ । 

अहिले गाउँगाउँ कोरोना फैलिएर मानिसहरूको मृत्यु भइरहेकोले पनि जलप्रवाहमा वृद्धि देखिएको हो । धेरै मानिस मरेर दाउराको माग बढेपछि भाउ पनि अचाक्ली बढेको छ । यस्तो अवस्थामा आर्थिक रूपमा कमजोर मानिसहरू जलप्रवाह गराइरहेका छन् । 

सरकारले कोरोनाका कारण मृत्यु भएकाहरूको अन्त्येष्टिका लागि पाँच हजार भारु आर्थिक सहायता उपलब्ध गराइरहेको छ । तर यस्तो सहायता सजिलै उपलब्ध हुँदैन । गाउँमा मृत्यु भएकाहरूमा कोरोनाको लक्षण छ तर संक्रमण पुष्टि गर्ने रिपोर्ट छैन । त्यस्तो अवस्थामा अन्त्येष्टिका लागि पैसा उपलब्ध हुँदैन ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्