२३ जेठ २०८३, शनिबार

ओली–नेपाल वार्ता २ बजे तय, स्थान गोप्य

बैशाख ३०, २०७८
ओली–नेपाल वार्ता २ बजे तय, स्थान गोप्य
फाइल फोटो

नेकपा एमालेभित्र देखिएको असन्तुष्टि समाधानका विषयमा छलफल गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दिउँसो २ बजे भेटवार्ता गर्ने तय भएको छ ।

बिहीवारको स्थायी कमिटी बैठकले नेपालसहित ४ नेतामाथिको निलम्बन फुकुवा गरेपछि सहमतिका लागि थप प्रयास गर्न दुवै नेताबीच भेटवार्ता तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार निर्माणको समयसीमा बिहीवार साँझ ९ बजे सकिनुअघि दुवै नेताबीच भेटवार्ता हुन लागेको छ ।

भेटवार्ताको स्थान भने गोप्य राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्