०२ असार २०८३, मंगलबार

अक्सिजन भर्न बालाजुमा खाली सिलिन्डर बोकेका बिरामीका आफन्तको भीड

बैशाख ३०, २०७८
अक्सिजन भर्न बालाजुमा खाली सिलिन्डर बोकेका बिरामीका आफन्तको भीड

कोरोना भाइरस संक्रमणको महामारीका बेला अस्पतालमा आवश्यक अक्सिजन प्राप्त नभएपछि बिरामीका आफन्त खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा पुगेका छन् ।

काठमाडौंको ट्रमा सेन्टरमा दैनिक ४०० सिलिन्डर अक्सिजन खपत हुँदै आएकोमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले १५० सिलिन्डर मात्रै उपलब्ध हुने कोटा निर्धारण गरेपछि अभाव भएको हो ।

गोरखाबाट आएर ट्रमामा बुवालाई भर्ना गरेका प्रशान्त लामिछाने खाली सिलिन्डर बोकेर बालाजु क्षेत्रमा लाइनमा लागेका छन् । 

‘अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नुस् भनेको छ,’ उनले भने, ‘खाली सिलिन्डर बोकेर अक्सिजन भर्न यहाँ पुगेको छु ।’

विभिन्न अस्पतालमा भर्ना भएका बिरामीका आफन्त बालाजुको अक्सिजन प्लान्टमा पुगेपछि अक्सिजन भर्नेको भीड देखिएको छ ।

हेर्नुहोस् तस्वीरहरू –

salt training

कमेन्ट गर्नुहोस्