२७ जेठ २०८३, बुधबार

बहुमतीय सरकार गठनको समय घर्किंदै, देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

बैशाख ३०, २०७८
बहुमतीय सरकार गठनको समय घर्किंदै, देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठमा

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार सरकार गठन गर्न दिएको समयावधि सकिनैलाग्दा राजनीतिक भेटवार्ता तीब्र भएका छन् ।

यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठ पुगेका छन् । 

कांग्रेस पदाधिकारी बैठकअघि प्रचण्ड देउवालाई भेट्न पुगेका हुन् । कांग्रेसले ४ बजेको लागि पदाधिकारी बैठक बोलाएको छ ।

बिहान जसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँगको भेटपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गर्न दिएको समयावधि बिहीवार राति ९ बजे सकिँदैछ । बहुमतीय सरकार गठनका लागि पहल भए पनि हालसम्म नयाँ सरकार गठनमा सहमति जुट्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्