२८ जेठ २०८३, बिहीबार

हावाहुरीले रुख ढल्दा १ महिलाको मृत्यु

बैशाख ३०, २०७८
हावाहुरीले रुख ढल्दा १ महिलाको मृत्यु

कैलालीमा हावाहुरीका कारण रुख ढल्दा १ जना महिलाको मृत्यु भएको छ ।

बिहीवार राति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा च्यापिएर टीकापुर नगरपालिका–१ एकतानगर शिविरकी ४० वर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए ।

हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर कामीको मृत्यु भएको हो ।

हावाहुरीले कैलारी गाउँपालिका–५ का अंकित बोहराको २ कोठे १ तले टीनले छाएको घरको छाना उडाई घरभित्र रहेको अन्नपात, टीभी, फंखामा क्षति भई अन्दाजी ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । चौपाया तथा मानवीय क्षति भने नभएको बताइएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ साँढेपानी बस्ने कनकबहादुर रोकायाको घरमा चट्याङले विद्युत्को मिटरबक्स, वाईरिङ, तारहरू जलेर नष्ट भएका छन् । प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युत्का पोलमा क्षति गरेको छ ।

उनले जिल्लामा के कति क्षति भएको छ भने अझै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्