०२ असार २०८३, मंगलबार

धनुषामा १० दिन निषेधाज्ञा थप

बैशाख ३०, २०७८
धनुषामा १० दिन निषेधाज्ञा थप
फाइल फोटो

धनुषा जिल्लामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ ।

वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए ।

कोरोनाको दोस्रो लहरमा गत वैशाख २१ गतेदेखि शुक्रवारसम्मका लागि निषेधाज्ञा तोकिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्