२८ जेठ २०८३, बिहीबार
बढ्दो संक्रमण

नेपालमा कोरोनाका कारण थप २ सय १४ जनाको मृत्यु, ८ हजार ९६० जनामा संक्रमण

बैशाख ३०, २०७८
नेपालमा कोरोनाका कारण थप २ सय १४ जनाको मृत्यु, ८ हजार ९६० जनामा संक्रमण

नेपालमा कोरोनाभाइरस (कोभिड १९) का कारण थप २ सय १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

यससँगै मृतकको कुल संख्या ४ हजार ४ सय ६६ पुगेको छ । 

पछिल्लो २४ घण्टामा २० हजार २ सय ४५ नमूना परीक्षण गर्दा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

पीसीआरतर्फ १९ हजार ४ सय ७४ र एन्टीजेनतर्फ ७ सय ७१ जनाको परीक्षण गरिएको थियो ।

अहिले थपिएका सहित कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ पुगेको छ ।

पछिल्लोपटक ५ हजार ५५ जना निको भएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्