
कोरोनाभाइरस (कोभिड १९) को दोस्रो लहरका कारण फैलिएको महामारीका समयमा बैंकहरूले ५ किसिमका सेवामात्र दिने भएका छन् ।
जसअनुसार खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजारभन्दा माथि मात्रै), रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा मात्रै उपलब्ध हुनेछ ।
त्यसबाहेक विकल्पमा सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङको प्रयोग गर्न नेपाल बैंकर्स एसोसिएसनले अनुरोध गरेको छ ।
डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने एसोसिएसनले जनाएको छ ।
बैंकहरूका सबै एटीएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरू समेत कार्यालय समयभर उपलब्ध हुनेछन् ।
नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै एसोसिएसनले यस्तो आग्रहसहित सेवाबारे जानकारी दिएको हो ।
हेर्नुहोस्, विज्ञप्ति :
