०४ असार २०८३, बिहीबार

पत्रकार पौडेलको निधनप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

बैशाख ३०, २०७८
पत्रकार पौडेलको निधनप्रति पत्रकार महासंघद्वारा दुःख व्यक्त

नेपाल पत्रकार महासंघ कास्कीले कोरोना संक्रमणका कारण निधन भएका गण्डकी टेलिभिजन पोखराका प्रबन्ध निर्देशक गणेश पौडेलको निधनप्रति दुःख व्यक्त गरेको छ ।

महासंघ कास्कीका तर्फबाट सचिव माधव बरालले बिहीवार शोक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमण भई विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा ४१ वर्षको उमेरमा बिहीवार बिहान ५ः३० बजे भएको निधनले संघलाई दुःखी बनाएको उल्लेख गरे ।

दिवंगत पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै महासंघले शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्