मन्त्री आलेको पहलमा डोटी पठाइयो २१ अक्सिजन सिलिन्डर

प्रतिकात्मक तस्वीर

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २१ अक्सिजन सिलिन्डर पठाइएको छ ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना संक्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २१ सिलिन्डर पठाइएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।


Advertisement

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकले निकै खुशी हुनुका साथै कोरोना संक्रमितलाई सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्ण जोशीले बताए ।

उनले भने, ‘अक्सिजन नहुँदा कोरोना संक्रमितको उपचार गाह्रो थियो, अब सहज हुन्छ ।’

कमेन्ट गर्नुहोस्