काठमाडौं, १७ जेठ –अफगानिस्तानमा बुधवार भएको बम विष्फोटनमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । अफगानिस्तानको राजधानी काबुलमा भएको विष्फोटमा परी ३ सय ५० जना घाईते भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
अफगान अधिकारीहरूका अनुसार राजधानी काबुलको केन्द्र भागमा जर्मन दूतावास नजिकै कार बम विष्फोट भएको थियो । यो पछिल्ला धेरै महिनापछि भएको सबैभन्दा ठूलो विष्फोटन भएको बताइएको छ ।