२८ जेठ २०८३, बिहीबार

हाम्रो पात्रोद्वारा नोट/टिपोट फिचर सुरु

बैशाख ३०, २०७८
हाम्रो पात्रोद्वारा नोट/टिपोट फिचर सुरु

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचर सुरु गरेको छ । पात्रोले दैनिक क्रियाकलापहरूको सजिलै ट्रयाकिङ गर्न मिल्ने गरी  नोट/टिपोट  फिचर सुरु गरेको हो ।

जसले व्यस्त  दैनिकीका बीच महत्वपूर्ण कार्यहरु बिर्सन सक्नेतर्फ सम्भावनालाई हल गर्दै समयमै सम्झाउन मद्दत गर्ने हाम्रो पात्रोले विश्वास लिएको छ । 

‘यो सुविधामा महत्वपूर्ण मिति र घटनाहरु चिन्ह लगाएर राख्न सकिन्छ भने यसलाई कलर पनि गर्न सकिन्छ’, हाम्रो पात्रोले भनेको छ, ‘जस्तो कि बिल भुक्तानी रिमाइन्डर, जन्मदिन, बैठक, विभिन्न चाडपर्वहरू तथा उत्सवहरू आदिमा चिन्ह लगाएर राख्न सकिन्छ । यसरी चिन्ह लगाएको दिन हाम्रो पात्रोले अलर्ट गराउने छ ।’ 

हाम्रो पात्रोमा राखिएका नोटहरु सम्बन्धित मितिमा मोबाइलको स्क्रिनमा डिस्प्ले भई सम्झना गराउने सहयोगी हुनेछ । 

एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एप गुगल प्लेस्टोरमा एक करोड बढी डाउनलोड छ।

salt training

कमेन्ट गर्नुहोस्