
व्यापारी रामेश्वर थापाले एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने सहमति भएको भन्दै खुसी व्यक्त गरेका छन् । पार्टी फुट नजिक पुगेको भनिएका बेला उनकै चपलीस्थित घरमा ओली र नेपालबीच वार्ता भएको थियो ।
सो वार्तामा पार्टी एकढिक्का बनाएर अघि बढाउने र विवादति विषयमा सहमति जुटाउन कार्यदल बनाउने सहमति भएको थियो ।
सो सहमतिप्रति खुसी व्यक्र गर्दै उनले ट्वीटरमा भनेका छन्, ‘अन्योल र संक्रमणकालिन राजनैतिक अवस्थालाई सकारात्मक बाटो तर्फ लैजान, पुन एक ढिक्का भएर अघि बढ्ने निर्णय गर्नुभएकोमा श्रद्धेय प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालज्युलाई बधाई तथा शुभकामना ।!