२५ असार २०८३, बिहीबार

ठूलो दलको हैसियतमा नियुक्ति पाएका ओलीको शपथ भोलि

बैशाख ३०, २०७८
ठूलो दलको हैसियतमा नियुक्ति पाएका ओलीको शपथ भोलि

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले बिहीवार राति विज्ञप्ति मार्फत जनाएको छ । 

विज्ञप्तिमा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताका रुपमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । 
२०७४ साल फागुन ३ गते माओवादी केन्द्रको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बनेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन कोशिष गरेका थिए । 

संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ । 
बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएपछि नयाँ प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्