
हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक आपसमा गाभिने भएका छन् ।
मर्जरका लागि यी बैंकबीच बिहीवार समझदारीपत्रमा (एमओयू) हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार आगामी दुई महिनाभित्र यी बैंकको मर्जर पूरा हुनेछ । मर्जरपछि बन्ने नयाँ बैंक ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’का नाममा सञ्चालनमा आउनेछ । सो बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो हुनेछ ।
मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन् । हाल पाँडे नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन् भने राणा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नयाँ बैंकको डेपुटी सीईओमा ज्योति पाण्डे रहने सहमति भएको छ । पाण्डे हाल इन्भेस्टमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् । कान्तिपुर दैनिकमा खबर छ ।