
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा एमाले फुटको डिलबाट फर्किएको बताएका छन् ।
शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबूकमा लेख्दै अध्यक्ष थापाले पार्टी एकता कायम राख्नका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई आग्रह समेत गरेका छन् ।
'नाम र काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल हो', उनले भनेका छन्, 'यो शक्ति कमजोर हुनुहुन्न ।'
स्टाटसको शुरूमा अध्यक्ष थापाले २०७४ मा भएको राप्रपा फुटको प्रसंग समेत जोडेका छन् । उनले भनेका छन्, '२०७४ मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिए,परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भयो । हामी विस्तारै उठ्दै छौँ ।'