१३ असार २०८३, शनिबार

कास्कीमा निषेधाज्ञा एक साता थप

बैशाख ३१, २०७८
कास्कीमा निषेधाज्ञा एक साता थप

नयाँ भेरियन्टसहितको कोरोना भाइरस सङ्क्रमणको फैलावट रोक्न जिल्ला प्रशासन कार्यालय कास्कीले गत वैशाख १७ गतेदेखि जिल्लामा लागू गरेको निषेधाज्ञाको अवधि पुनः एक साता थप गरिएको छ ।

पहिलोपटक वैशाख १५ देखि २१ गतेसम्म लगाइएको निषेधाज्ञा दोस्रोपटक थप गरी वैशाख ३१ गते राति १२ बजेसम्म कायम गरिएकामा पुनः जेठ १ गते बिहान ५ देखि जेठ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको अवधि थप गरेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। प्रशासनले यस अवधिमा बिहानी तथा साँझको हिँडाइसमेत नगर्न र अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणमा आदेश जारी गरेको छ ।

निषेधाज्ञाका अवधिमा अत्यावश्यक सेवामा प्रयोग हुनेबाहेकका जिल्लाभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । यसबाहेक अन्य सभा, सम्मेलन, भेला गोष्ठी, शैक्षिक संस्था, धार्मिकस्थल, सिनेमा हल, पार्टीप्यालेस, रेष्टेरेन्टलगायत समेत सञ्चालनमा बन्देज गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्