२५ असार २०८३, बिहीबार

अमेरिकामा मास्कबाट मुक्ति !

बैशाख ३१, २०७८
अमेरिकामा मास्कबाट मुक्ति !

खोप लगाएका मानिसहरूले अधिकांश स्थानमा मास्क नलगाइकन गए हुन्छ भनी अमेरिकी अधिकारीहरूले बताएपछि राष्ट्रपति जो बाइडनले यो देशका लागि ठूलो दिन भएको बताएका छन् । 

नयाँ निर्देशनको घोषणा भएपछि बाइडनले आफ्नो कार्यालयमा अन्य सांसदहरूसँग मिलेर मास्क खोलेका छन् । 

अमेरिकामा अब मानिसहरू खुला र बन्द अधिकांश स्थानमा मास्क नलगाइकन जान सक्छन् । तर भीडभाड भएका स्थानमा र अस्पतालमा चाहिँ मास्क लगाइराख्न सल्लाह दिइएको छ । 

बाइडन प्रशासनमाथि कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाउनुपर्ने चरम दबाब थियो । विशेषगरी खोप लगाइसकेकाहरूले मास्कबाट मुक्तिका लागि माग गरेका थिए । 

यसैबीच अमेरिकन फेडरेसन अफ टीचर्स लेबर युनियनले पनि आगामी समयमा विद्यालयहरू पूरै खोल्ने सिफारिश गरेको छ । 

१२ वा त्यसभन्दा माथिका किशोरहरूलाई फाइजर खोप लगाउने स्वीकृति दिएपछि यस्तो सिफारिश आएको हो । 

अमेरिकामा संसारको सबभन्दा बढी कोरोनाको केस र मृत्यु भएको हो । तर विगत केही हप्तादेखि संक्रमण दर स्वाट्टै घटेको छ । आक्रामक रूपमा खोप अभियान चलाइएकाले संक्रमण घटेको बताइएको छ । 

संक्रमण घटेकैले गर्दा सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले नयाँ दिशानिर्देश जारी गरेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्