×

NMB BANK
NIC ASIA

पश्चिम बंगालमा हारेपछि भाजपाले लियो थप गलत निर्णय

बैशाख ३१, २०७८

NTC
Premier Steels

भारतको पश्चिम बंगालको राजनीतिक तस्वीर निरन्तर परिवर्तन भइरहेको छ ।

Muktinath Bank

दुईसयभन्दा बढी सीट जित्ने नारा दिएर मैदानमा ओर्लेको भारतीय जनता पार्टीले जम्मा ७७ सीट ल्यायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन परिणाम घोषणा गरिएपछि राज्यका विभिन्न भागमा भएका हिंसामा विभिन्न राजनीतिक दलका १८ जना समर्थकको मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

भाजपाले आफ्ना सबै विधायकहरूलाई केन्द्रीय सुरक्षा उपलब्ध गराउने निर्णय लिएको छ । 

Vianet communication

चुनावमा हारेका उम्मेदवारको सुरक्षा पनि मे ३१ सम्म बढाउने निर्णय लिइएको छ । 

तर केन्द्रीय नेतृत्वको यस निर्णयले पार्टी समर्थकहरूलाई आक्रोशित तुल्याएको छ ।

पूर्व बर्दवानमा हिंसाको पीडा खेपेका एक कार्यकर्ता देबेन मण्डलले तमाम विधायक र नेता कार्यकर्ताहरूलाई सुरक्षा दिन वा साथ रहन विफल भएको आरोप लगाए । ‘उनीहरूलाई सुरक्षा किन चाहियो ? सुरक्षा त कार्यकर्तालाई चाहिएको छ,’ उनले भने । 

राज्यको सत्तारूढ दल तृणमूल कांग्रेसले केन्द्र सरकारको फैसलालाई आलोचना गर्दै कानून र व्यवस्था मिलाउने काम राज्य सरकारको भएको बताएको छ । 

बंगालको राजनीतिमा पहिलोपटक यसरी सबै विपक्षी विधायकलाई सुरक्षा दिइएको हो । 

भाजपाको दुई नेताले विधानसभाको साटो संसद्को सदस्यतालाई प्राथमिकता दिएका छन् । फलस्वरूप सदस्यहरूको संख्या घटेर ७५ पुगेको छ । 

विपक्षी दलका नेता शुभेन्दु अधिकारी र मुकुल राय समेत १६ जना नेताहरूलाई जेड क्याटेगोरीको सुरक्षा दिइएको छ । अन्य विधायकलाई एक्स वा वाई क्याटेगोरीको सुरक्षा उपलब्ध गराइनेछ । 

तर भाजपाकै नेताहरूको एक समूहले यस निर्णयका कारण मानिसहरूमा गलत सन्देश जाने खतरा रहेको विश्वास गरेको छ । 

वरिष्ठ पत्रकार तापस मुखर्जी भन्छन्, ‘यो राजनीतिक निर्णय हो तर यसले भाजपाको छविमा हानि हुने समभावना छ । सुरक्षाकवचमा रहँदा नेताहरू आम मानिसबाट टाढिनेछन् । शायद भाजपालाई यी विधायकहरू तृणमूलतिर फर्केलान् भन्ने डर होला । अनि सुरक्षाको बहाना बनाएर उनीहरूमाथि निगरानी राख्न खोजिएको हुनुपर्छ ।’

विधायकहरूले त सुरक्षा पाउँछन् तर पार्टीका आम कार्यकर्ताले पाउँदैनन् । यस्तो स्थितिमा पार्टीका कार्यकर्ता र समर्थकमा असन्तोष उत्पन्न हुन सक्छ । 

राजनीतिक पर्यवेक्षकहरूले विधायकलाई केन्द्रीय स्तरबाट सुरक्षा उपलब्ध गराउनु समस्याको स्थायी समाधान नभएको बताएका छन् । यसबाट पार्टी कार्यकर्ताको नेताप्रतिको मोहभंग हुन सक्ने उनीहरूको कथन छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x