१८ असार २०८३, बिहीबार

पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

बैशाख ३१, २०७८
पर्सामा आज एकै दिन १६५ सङ्क्रमित फेला

यहाँ आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । 

सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए।

भेटिएका सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता लक्षण रहेको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्