२४ असार २०८३, बुधबार

पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा अस्पतालबाट डिस्चार्ज

बैशाख ३१, २०७८
पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा अस्पतालबाट डिस्चार्ज
फाइल फोटो

पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई डिस्चार्ज गरिएको नर्भिक इन्टरनेसनल हस्पिटलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

उनीहरू शुक्रवार अपराह्न ४ बजे डिस्चार्ज भएका हुन् ।

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित कोमल र प्रेरणा भर्ना भएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् ।

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो ।

अक्सिजन निरन्तर घटेपछि ​आईसीयूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो ।

क्रमिक रुपमा सुधार भइरहेको उनी अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

पूर्व राजा, पूर्व रानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टीम संलग्न थियो ।

नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्