०७ साउन २०८३, बिहीबार
जसपाको राजनीति

राजेन्द्र महतोलाई जसपा संसदीय दलको नेता चयन गरिसकिएको खुलासा, पत्र बुझाउन बाँकी

बैशाख ३१, २०७८
राजेन्द्र महतोलाई जसपा संसदीय दलको नेता चयन गरिसकिएको खुलासा, पत्र बुझाउन बाँकी

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् ।

पार्टी अध्यक्ष महन्थ ठाकुर-वरिष्ठ नेता राजेन्द्र महतो पक्षले महतोलाई संसदीय दलको नेता चुनेको हो ।

बिहीवार नै जसपाका २० जना सांसदको बैठकले महतोलाई दलको नेताका रूपमा चयन गरेको एक सांसदले लोकान्तरलाई जानकारी दिए ।

‘हिजो बसेको बैठकबाट नै दलको नेतामा बहुमत सांसदको उपस्थितिमा हामीले महतोलाई चयन गरेका छौं,’ ती सांसदले भने, ‘तर, संसद् सचिवालयमा उक्त पत्र दर्ता नहुञ्जेलसम्म बाहिर नल्याउने कुरा भएको थियो ।’
 

salt training

कमेन्ट गर्नुहोस्