११ साउन २०८३, सोमबार

सिंहदरबारमा ओली–नेपाल वार्ता शुरू

बैशाख ३१, २०७८
सिंहदरबारमा ओली–नेपाल वार्ता शुरू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको वार्ता शुरू भएको छ ।

पार्टी विवाद मिलाउने प्रयासस्वरूप सिंहदरबारमा वार्ता शुरू भएको हो । वार्तामा दुवै पक्षबाट दोस्रो तहका प्रभावशाली नेताहरू समेत सहभागी छन् । 

साँझ ६ बजे सुरु हुने भनिएको वार्ता झण्डै पौने ७ बजेदेखि सुरु भएको हो । वार्तामा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ लगायतको सहभागिता रहेको छ भने नेपाल पक्षबाट घनश्याम भुसाल,  गोकर्ण विष्ट लगायत सहभागी छन् । 
ओली र नेपालबीच बिहीवार क्याप्टेन रामेश्वर थापाको चपलीहाइटस्थित घरमा ४ घण्टा लामो वार्ता भएको थियो ।

उक्त वार्तामा ओलीनेपाल दुवै २०७५ जेठ २ को पेरिफेरिमा पुगेर सहमति खोज्न तयार भएका थिए । त्यसलाई अन्तिम रूप दिन कार्यदल गठन गर्ने तयारी छ ।

एमाले विवाद समाधानउन्मुख हुँदा माधव नेपालपक्षीय सांसदहरूको राजीनामा समेत टरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्