×

NMB BANK
NIC ASIA

बालिका करणी गर्ने दुई फरार अभियुक्त पक्राउ

बैशाख ३१, २०७८

NTC
Premier Steels

जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

Muktinath Bank

पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं. ६ सिमपानी बस्ने वर्ष ३१ को मोहन श्रेष्ठ र मन्थली नगरपालिका वडा नं. १३ बस्ने वर्ष २२ को सागर भन्ने रामबहादुर सुनार रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रेष्ठले वैशाख २७ गते दिउँसो १ बजे १६ वर्षीया बालिकालाई बारीमा मकै छर्न गएको समयमा कोही नभएको मौका पारी जबरजस्ती करणी गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए । 


Advertisment
Nabil box
Kumari

त्यस्तै गत वैशाख २७ गते साँझ ७ बजे १४ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुनारलाई पक्राउ गरेको हो । 

Vianet communication

आफन्तले प्रहरीमा दिएको उजुरी अनुसार सुनारले त्यसपछि पनि विभिन्न पटक डर देखाई जबरजस्ती करणी गर्ने गरेको उल्लेख छ । 

आज (शुक्रबार) पक्राउ परेका श्रेष्ठ र हिजो (बिहिबार) पक्राउ परेका सुनारलाई आज जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए । 

ढुंगानाका अनुसार– ‘पीडित परिवारका आफन्तले बिहिबार प्रहरीमा उजुरी दिएपछि साथै, घटना भएको थाहा पाउने बित्तिकै हामीले फरार अभियुक्तको खोजी कार्यलाई तीव्र बनाएका थियौं । सोही अनुसार उजुरी परेकै दिन हिजो बिहिबार सुनार र आज श्रेष्ठलाई पक्राउ गर्न सफल भएका हौं ।’

डिएसपी ढुंगानाले जिल्लामा घट्ने गरेका विभिन्न प्रकारका घटनाको बारेमा प्रहरीलाई तत्काल सूचना उपलब्ध गराउने हो भने अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिने बताए । त्यसका लागि नागरिकलाई निर्धक्क साथ सूचना उपलब्ध गराएर सहयोग गर्नसमेत ढुंगानाले अनुरोध गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x