०१ असार २०८३, सोमबार

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेलाई प्रति शव एक हजार भत्ता

बैशाख ३१, २०७८
कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेलाई प्रति शव एक हजार भत्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले शुक्रबार पदभार ग्रहण गरेका छन् । 

मन्त्री ढकालले पशुपति आर्यघाटमा कोभिड–१९ का संक्रमितको शवको दाहसंस्कार कार्यमा संलग्न हुने कर्मचारीलाई प्रोत्साहन स्वरूप भत्ता दिने निर्णय गर्दै पदभार ग्रहण गरेका हुन् । उनले प्रति शव एक हजार रूपैयाँ भत्ता दिने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेको मन्त्रीका प्रेस सहयोगी माधव तिवारीले जनाएका छन् । 

 उनले पर्यटन क्षेत्रको उद्धार र राहतका लागि विशेष ध्यान पुग्ने गरी नीति र बजेट तर्जुमा गर्न कर्मचारीहरूलाई निर्देशन पनि दिए । 

सो अवसरमा मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले मन्त्रालयमा भैरहेको गतिविधिको बारेमा जानकारी गराएका थिए । 
ढकालले आजै शीतल निवासमा पर्यटन मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्