२६ असार २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे

बैशाख ३१, २०७८
काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे

  
काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो ।

 सो सङ्ख्या हाल बढेर सक्रिय संक्रमित तीस हजार ४५२ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको 
स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्