०१ असार २०८३, सोमबार

आर्सनल छाड्दै डेभिड लुइज

जेठ १, २०७८
आर्सनल छाड्दै डेभिड लुइज

 इंग्लिस क्लब आर्सनलका डिफेन्डर डेभिड लुइजले क्लब छाड्ने भएका छन् ।

ब्राजिलियन डिफेन्डर लुइजले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् ।

यस सिजनको अन्त्यसँगै आर्सनलसँग लुइजको सम्झौता सकिनेछ ।

३४ वर्षीय डिफेन्डरसँग आर्सनलले सम्झौता नविकरणको प्रयास गरेको थियो ।

तर, लुइजले क्लब छाड्ने निर्णय गरेको बताईएको छ ।

लुइजलाई आर्सनलले २०१९ मा ८ मिलियन पाउण्डमा चेल्सीबाट अनुबन्ध गरेको थियो ।

आर्सनलसँग लुइजले २ वर्षको सम्झौता गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्