१२ साउन २०८३, मंगलबार

एनआइसी एशिया बैंकले ल्यायो मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधा

एनआइसी एशिया बैंकले ल्यायो मोबाइल बैंकिङ्ग एपमार्फत रेमिट्यान्स पठाउन सकिने सुविधा

एनआइसी एशिया बैंकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने सेल्फ हेल्प बैंकिङ्ग अवधारणा अगाडि सारेको छ ।

यस अवधारणा अनुसार बैंकले आफ्ना ग्राहकहरूका लागि एनआइसी एसिया मोब्यांक मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ । 

यो सेवा अन्तर्गत अब जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्ना एनआइसी एसिया मोब्यांकबाट रेमिट रकम सहज रुपमा पठाउन सकिनेछ । 

आफ्नो मोबाइल प्रयोग गरी बैंकको मोब्यांक भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिनेछ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउण्टरहरूका साथै १० हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्