१३ असार २०८३, शनिबार

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

आईपीओ निष्कासनका लागि दुई कम्पनीले बोर्डमा दिए निवेदन

पछिल्लो समय दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

मानुषी लघुवित्त वित्तीय संस्था र दोर्दी खोला जलविद्युत कम्पनीले पछिल्लो समय आईपीओ निष्कासन गर्नका बोर्डमा निवेदन दिएका हुन् । 

लघुवित्तले बैशाख १३ गते र दार्दी खोला जलविद्युत कम्पनीले बैशाख २१ गते आईपीओ निष्कासनको निवेदन दर्ता गराएको हो ।

लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको तयारी गरेका हुन । 

लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्