०६ असार २०८३, शनिबार

आफ्नो उपचारमा खटिने डाक्टर नर्सलाई पूर्वराजाले दिए धन्यवाद

आफ्नो उपचारमा खटिने डाक्टर नर्सलाई पूर्वराजाले दिए धन्यवाद

पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरेका छन् ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिन लामो उपचारपछि कोरोना संक्रमणमुक्त भई राजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।

त्यसको दुई दिनपछि अर्थात बैशाख ३१ गते पूर्व महारानी कोमल शाह र पूर्व राजकुमारी प्रेरणा शाह डिस्चार्ज भएका थिए ।

पूर्व राजा शाहले एक ट्वीट गर्दै कोरोनाको वैश्विक महामारीका कारण आफूहरु नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेसा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति आभार प्रकट गरेका छन् ।

यसैगरी, पूर्व राजपरिवारका सदस्यहरु स्वस्थ भई डिस्चार्ज भइसकेपछि नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले पनि एक ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् ।  उनले पूर्व राजा तथा राजपरिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घजीवनको समेत कामना गरेका छन् ।

पूर्व राजा शाह, पूर्व रानी कोमल शाह र राजकुमारी प्रेरणा शाह कोरोना संक्रमण भई नर्भिकमा भर्ना भएका थिए ।

पूर्व राजा र राजकुमारीको सामान्य अवस्थामै उपचारलाई जारी राखिएको थियो भने पूर्वरानीको अवस्था भने निकै जटिल बनेको थियो ।

उनलाई हाइफ्लो अक्सिजनको सपोर्टसहित केही दिन आइसीयूमा राख्नु परेको थियो । कोरोना संक्रमणका लागि प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । ​

आइसीयूमा राखेको केही दिनमै पूर्वरानीको अवस्था सुधार भएपछि वार्डमा सारिएको थियो । वार्डमा सारिएको केही दिनमै उनलाई शुक्रबार डिस्चार्ज गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्