
काठमाडौं, १७ जेठ - काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं सरसफाई गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर गरेसँगै उनी भोलिबाट सरसफाइका लागि उनी सडकमा अाउँदै छन् ।
उनले क्लिन द काठमाडौं नामक अभियान भोलिदेखिनै संचालन गर्ने गरि हस्ताक्षर गरेका छन् । उनले भोलिदेखिनै काठमाडौंमा सरसफाई अभियान सुरु गरिने बताए । आज पदभार ग्रहण गरे लगत्तै उनले काठमाडौंको धुलो धुवाँ हटाउने गरि पहिलो निर्णय गरेका हुन् ।