०४ साउन २०८३, सोमबार

काबुलमा घाइते भएका नेपालीले नाम खुलाउन चाहेनन्ः परराष्ट्र

कात्तिक २०, २०७४
काबुलमा घाइते भएका नेपालीले नाम खुलाउन चाहेनन्ः परराष्ट्र
काठमाडौं, १७ चैत - आज विहान अफगानस्थानको राजधानी काबुलमा भएकाे  घटनामा घाइते भएका पाँच जना नेपालीले आफ्नो परिचय खुलाउन नचाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पाँच जना नेपाली घाइते भएको पुष्टि गर्दै उनीहरुले आफ्नो नाम खुलाउन नचाहेको बताए ।

सामान्यतया अफगानस्थानमा रहेका नेपालीले परिचय खुलाउन नचाहाने उनले बताए । अघिल्लो वर्ष १२ जना नेपालीको ज्यान जाने गरि भएको दुर्घटना पछि सरकारले अफगानस्थान जान रोक लगाएको छ ।

पौडेलले पाँच जना नेपाली घाइते भएको र उनीहरुको अवस्था सामान्य भएको बताए । चार नेपालीको अवस्था अत्यन्तै सामान्य छ भने अर्को एक जना चाहिँ सामान्य भन्दा केही बढि घाइते भएको उनले बताए ।

उनका अनुसार घाइतेहरुको नेपालमा रहेका परिवारसँग सम्पर्क भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्