
काठमाडौं, १७ जेठ- निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या एकिन गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सो को अध्ययनका लागि बनेको समितिले आज प्रतिवेदन बुझाएसँगै बसेको आयोगको बैठकले दलका प्रतिनिधिको रोहोबरमा च्यातिएको मतपत्रको संख्या एकिन गर्नं मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
आयोगले उम्मेदवार वा एक एक जना प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखको रोहोबरमा च्यातिएको मतपत्रको संख्या गन्न र यकिन गर्न निर्देशन दिएको हो । आयोगले सोमबार गीता तिमिल्सिनाको संयोजकत्वमा अुगनम समिति गठन गरेको थियो ।