२५ असार २०८३, बिहीबार

भारतीय राजदूतको स्वागतमा कार्यक्रम

कात्तिक २०, २०७४
भारतीय राजदूतको स्वागतमा कार्यक्रम

काठमाडौँ, १७ जेठ - नेपाल–भारत मैत्री समाजले नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीवसिंह पुरीको स्वागतमा आज यहाँ एक कार्यक्रमको आयोजना ग¥यो ।manjiv_singh_puri

कार्यक्रममा राजदूत पुरीले नेपाल–भारतबीचको सदियौँ पुरानो सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभयो ।

उहाँले बुद्धको जन्मभूमि नेपालले द्रुत गतिमा आर्थिक विकास गरिरहेको भारतबाट मनग्य फाइदा लिनसक्ने विचार व्यक्त गर्नुभयो ।

भारतका लागि नेपालका पूर्वराजदूत डा लोकराज बरालले नेपाल र भारतबीच पञ्चायतकालदेखि नै खुला कूटनीति रहेको स्मरण गर्दै दरबारबाट निर्णय हुने विगतमा भन्दा अहिले विभिन्न शक्ति केन्द्रबाट निर्णय हुने गरिएकाले स्थिति केही जटिल बनेको अनुभव सुनाउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख डा गोविन्द पोखरेल र डा सुन्दरमणि दीक्षित पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्