२५ जेठ २०८३, सोमबार

बहुमतीय प्रक्रियाबाट यसरी चुनिन्छन् प्रधानमन्त्री

कात्तिक २०, २०७४
बहुमतीय प्रक्रियाबाट यसरी चुनिन्छन् प्रधानमन्त्री
काठमाडौँ, १८ जेठ-राष्ट्रपति विद्या भण्डारीले बिहीबार संविधानको धारा २९८ को उपधारा ३ अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतबाट प्रधानमन्त्रीको निर्वाचन गर्न सभामुखलाई सम्बोधन गर्दै संसद्लाई पत्र पठाउनेछिन् । राष्ट्रपतिको पत्रपछि संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ, आजको नयाँ पत्रिकामा खबर छ ।Prachand-and-Deuba

बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले निर्वाचन कार्यतालिका तोक्दै संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक–प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्