१८ असार २०८३, बिहीबार

वामदेवको टिप्पणी : भण्डारी र आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्यो

वामदेवको टिप्पणी :  भण्डारी र आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्यो
फाइल तस्वीर

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजिरहेको टिप्पणी गरेका छन् । 

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । 

उपाध्यक्ष गौतमले आफूले स्वर्गीय भण्डारी र आश्रितकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प समेत गरेका छन् । 

उनले भनेका छन्, 'आज पनि म उहाँहरूले निर्माण गर्नुभएको समाजवादको बाटो पछ्याउँदै हिँडिरहेको छु। यसै सन्दर्भमा म आज फेरि उहाँहरुको स्मृति दिवसमा उहाँहरूकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु।'

उपाध्यक्ष गौतमले मदन र आश्रितको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैसबाट मुक्त हुनु र सहकार्यको दिशामा अग्रसर हुनु भएको बताएका छन् । उनले भनेका छन्,'तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ ।'

उनले मदन र आश्रितलाई पछ्याउन जिम्मेवार नेताहरूले आ(आफ्ना हठ, दम्भ र एकाधिकार युक्त चिन्तनबाट मुक्त हुनुपर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, 'म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरूमा नेकपा (एमाले) सहित   वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यस निम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकार युक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु ।' 

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्