×

NMB BANK
NIC ASIA

आधाभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण

जेठ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

Muktinath Bank

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् । त्योभन्दा अघिल्लो साता नमूना परीक्षण गराएका पाँच हजार ३४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार २९० मा सङ्क्रमण पुष्टि भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने अहिलेसम्म पिसिआरबाट नमूना जाँच गरिएकामध्ये झण्डै १६ प्रतिशत सङ्क्रमित भएको पाइएको छ ।  प्रदेशमा हालसम्म पिसिआरबाट एक लाख ६२ हजार २७८ को नमूना परीक्षण भएकामा २५ हजार ४५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
 
यस्तै गत वैशाखदेखि शुरु गरिएको एन्टिजेन परीक्षणतर्फ भने हालसम्म ३५ हजार १७२ को नमूना परीक्षण भएकामा झण्डै १४ प्रतिशत अर्थात् चार हजार ९६६ मा सङ्क्रमण पुष्टि भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशमा यो रोगबाट मृत्यु हुने दर पनि गत हप्ता अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार मात्रै कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका गरी १६ सङ्क्रमितको मृत्यु भएको थियो । हप्ता दिनमा प्रदेशमा जम्मा १२९ जनाको मृत्यु भएको छ । अघिल्लो हप्ता ९९ जनाको मृत्यु भएको थियो । हालसम्म एन्टिजेन परीक्षणबाट पोजिटिभ देखिएका १६९ र पिसिआरबाट पोजिटिभ देखिएका १८५ समेत ३५४ सङ्क्रमितको मृत्यु भएको छ । 

Vianet communication
Laxmi Bank

उपचार व्यवस्थापनपछि हालसम्म पिसिआर पोजिटिभ भएका १६ हजार २२० र एन्टिजेन पोजिटिभ भएका दुई हजार ५८९ जना घर फर्किएका छन् । निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका आठ हजार ३८७ व्यक्ति छन् । नौ वर्षसम्मको उमेर समूहका एक हजार २२ बालबालिका सङ्क्रमित भएका छन् ।

त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका छ हजार ६०४, ४० देखि ४९ वर्ष उमेर समूहका तीन हजार ६५३, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार १२४ र ६० देखि ६९ वर्ष उमेर समूहका ८६६ जना सङ्क्रमित भएका छन् । तुलनात्मकरूपमा ७० वर्ष माथिको उमेर समूहका व्यक्ति कम सङ्क्रमित छन् । 

सङ्क्रमण र मृत्यु दर उच्च बनेसँगै कोरोनाको जस्तो लक्षण देखिएका धेरै सर्वसाधारण हाल होम आइसोलेशनको एकान्तबासमा रहेका छन् । यीमध्ये जटिल अवस्थाका कतिपयले नमूना परीक्षण गराएका छन् । सामान्य अवस्थाका यस्ता बिरामीले नमूना परीक्षण गराएका छैनन् । धेरै व्यक्ति स्वास्थ्यकर्मीको प्रत्यक्ष परामर्शविना नै घरेलु उपचार विधिमा आश्रित हुनुपरेको छ । 

“स्वास्थ्य परामर्शका लागि चिकित्सकलाई फोन गर्दा फोन उठ्दैन, अब भगवान्को भरोसामा ओछ्यानमै बस्नुभन्दा अर्को विकल्प छैन”, होम आइसोलेशनमा बस्नुभएका एक जनाले टेलिफोनमा गुनासो सुनाए । नमूना परीक्षण गराउन पनि शङ्कास्पद बिरामीलाई सकस भइरहेको छ । नमूना सङ्कलन गर्दा लामो लाइनमा घण्टौँसम्म उभिनु पर्ने अवस्थाले सङ्क्रमण थप फैलिने जोखिम पनि देखिएको छ । 

प्रदेशको धनगढीमा सञ्चालनमा रहेको एक मात्र मालिका ग्यास उद्योग बिग्रिएर उत्पादन बन्दा हुँदा भएको अक्सिजनको अभावले जटिल अवस्थाका बिरामीको उपचार व्यवस्थापनमा थप समस्या भएको छ । सिद्धराज भट्ट,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x