३० असार २०८३, मंगलबार

लुम्बिनीका जसपा सांसद निष्कासन विरुद्धको रिट सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै

लुम्बिनीका जसपा सांसद निष्कासन विरुद्धको रिट सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सभाका ४ सांसदलाई गरेको कारवाही सूचनापत्रमा टाँस भएर पदमुक्त गरिएकोप्रति आपत्ति जनाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट सोमवार सुनुवाइ हुँदैछ ।

पार्टी निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पार्टीबाट निष्कासन गर्दै पदमुक्त गरेको थियो ।

आफूमाथि अन्याय भएको भन्दै चारै सांसदले प्रदेशसभा समेतलाई विपक्षी बनाएर सर्वाेच्चमा रिट दायर गरेका थिए । सोमवार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने गरी रिट पेशी चढेको छ ।

रिट निवेदनमा उत्प्रेषणको आदेशमार्फत कारवाही बदर गर्न र रिटको अन्तिम टुंगो नलागेसम्म सांसद पदबाट पदमुक्त गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले भने पार्टीको बैठक नै नबसेको र कारवाही सम्बन्धी कुनै निर्णय नभएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्