०९ असार २०८३, मंगलबार

अवैध मसाज पार्लरमा प्रहरीले छापा मार्दा आफ्नै कमिस्नर पक्राउ

जेठ ३, २०७८
अवैध मसाज पार्लरमा प्रहरीले छापा मार्दा आफ्नै कमिस्नर पक्राउ

हङकङमा प्रहरीले केही दिनअघि अवैध रूपमा खुलेको मसाज पार्लरमा छापा मार्दा अनपेक्षित व्यक्ति फेला पारेको छ । 

अनुमतिपत्र नलिइकनै सञ्चालन गरिएको उक्त पार्लरमा प्रहरी कमिस्नरले सेवा लिइरहेको पाइयो । 

सिनियर असिस्टेन्ट कमिस्नर फ्रेडरिक चोई चिनपेङलाई पार्लरमा भेटेपछि छुट्टीमा पठाइएको छ । उनी राष्ट्रिय सुरक्षा इकाइका निर्देशक थिए । 

यस घटनाले प्रहरीको छविमा दाग लागेको बताइएको छ । सन् २०१९ मा प्रदर्शनकारीहरूमाथि दमन गरेदेखि हङकङ प्रहरीको बदनामी भइरहेको छ । 

फ्रेडरिक हङकङ प्रहरी बलमा तेस्रो सबभन्दा वरिष्ठ अधिकारी हुन् । सन् १९९५ मा प्रहरीमा भर्ना भएका उनले विभिन्न देशमा तालिम लिएका थिए । गत फेब्रुअरी महिनामा उनलाई पब्लिक सर्भिस अनरबाट पनि सम्मान गरिएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्