०३ असार २०८३, बुधबार

सबै प्रदेशमा सेनाको पृतना

कात्तिक २०, २०७४
सबै प्रदेशमा सेनाको पृतना
काठमाडौं, १८ जेठ-राज्यको संघीय संरचनाअनुसार नेपाली सेनाले दुईवटा पृतना थप्ने तयारी गरेको छ । दुई साताअघि बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सेनाले पृतना थपको गृहकार्य अघि बढाएको हो । सरकारले दुई साताअघि मुलुक संघीय संरचनामा गएकाले सेनामा हालको संख्या नबढ्ने गरी सातै प्रदेश र उपत्यकामा एक गरी आठ पृतना बनाउने निर्णय गरेको थियो ।ARmy

नेपाली सेनामा हाल पाँच विकास क्षेत्रमा एक÷एक र उपत्यकामा एक गरी ६ पृतना छन् । पाँच विकास क्षेत्रका पृतना पाँच प्रदेशमा परेपछि प्रदेश नम्बर २ र ५ पृतनाविहीन छन् । अब प्रदेश २ र ५ मा पृतना थप्न लागिएको हो, आजको राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्