०८ साउन २०८३, शुक्रबार

चिकित्सकको टोलीसहित गोरखातिर हिँडे माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ

चिकित्सकको टोलीसहित गोरखातिर हिँडे माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ

कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा सहयोग पुर्‍याउन नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखातिर हिँडेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिँदै प्रवक्ता श्रेष्ठले चिकित्सकको टोलीसहित गोरखातिर हिँडेको बताएका छन् ।

‘गोरखाका विभिन्न ठाउँहरूमा कोभिड संक्रमण अझ विस्तार भइरहेको र कोभिड हटस्पट बन्दै गइरहेको स्थिति छ,’ प्रवक्ता श्रेष्ठले लेखेका छन् ।

उनले थप लेखेका छन्, ‘हाम्रो टोलीले निम्न कार्यहरू गर्नेछ – केही लक्षण देखा परी शंकास्पद रहेका र कोभिड बिरामीसँग घनिभुत सम्पर्कमा रहेकाहरूको तत्काल एन्टिजेन टेस्ट, बिरामीहरूको परीक्षण, आवश्यक परामर्श एवं तत्काल सम्भव औषधि, स्वास्थ्य संस्थाहरूलाई केही स्वास्थ्य सामग्री हस्तान्तरण र स्थानीय सरकारका जनप्रतिनिधि एवं स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूसँग कोभिड केन्द्रित छलफल ।’ 

salt training

कमेन्ट गर्नुहोस्