२२ जेठ २०८३, शुक्रबार

निर्वाचनमा सहभागी हुन राजपा तयार

कात्तिक २०, २०७४
निर्वाचनमा सहभागी हुन राजपा तयार
काठमाडौं, १८ जेठ-राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ, राजधानी दैनिकले खबर छापेको छ ।Madhesi Party Unity

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्ने सहमति जनाइसकेको भन्दै उसले निर्वाचनमा जानुअघि प्रतिपक्षी दल एमालेको प्रतिबद्धता खोजेको हो ।

‘सत्तारूढ दल संविधान संशोधनमा प्रतिबद्ध छन् । अब एमालेले पनि प्रतिबद्धता जनाए संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी हुन सकिन्छ,’ आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध राजपा नेपालका एक शीर्ष नेताले भने ।

यद्यपि राजपाले निर्वाचनअघि जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने, दल दर्ता, चुनाव चिह्न, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग भने यथावत् नै रहने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्