सीएनएनका लागि पाकिस्तानबाट समाचार पठाउने सञ्चारकर्मी अदील राजाले संसारलाई हिटलरको आवश्यकता छ भन्दै ट्वीट गरेपछि सीएनएनले बर्खास्त गरेको छ ।
इजरायल र प्यालेस्टाइनबीच हिंसा चर्किरहेको बेलामा राजाको ट्वीट आएको हो ।
राजा सन् २०१३ देखि सीएनएनलाई स्वतन्त्र पत्रकारको हैसियतमा समाचार पठाइरहेका थिए । आइतवार राति हिटलरसम्बन्धी ट्वीट गरेर लगभग तीन घन्टापछि उनले डिलिट गरेका थिए ।
तर उनले यसअघि पनि थुप्रैपटक यहुदीविरोधी ट्वीट गरेको पत्ता लागेको छ ।
सन् २०१४ को फूटबल विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिनाबीचको भिडन्तमा पनि उनले हिटलर जर्मनीका हुनाले जर्मनीलाई समर्थन गर्ने भनी ट्वीट गरेका थिए । हिटलरले यहुदीहरूमाथि गरेको व्यवहार सही थियो भनी उनले लेखेका थिए ।
राजा पाकिस्तानको एआरआई न्युजका कार्यकारी निर्माता पनि हुन् ।
सन् २०१६ मा उनले खोज पत्रकारलाई दिइने आगाही पुरस्कार जितेका थिए ।
ट्विटर प्रयोगकर्ताहरूले सीएनएनलाई मेन्सन गर्दै राजालाई बर्खास्त गर्न आग्रह गरेका थिए । सीएनएनको कुरा मानेको छ । अनि ट्विटरका सीईओ ज्याक डोर्सीलाई पनि मेन्सन गरेर प्रयोगकर्ताहरूले राजालाई ट्विटरबाट हटाउन माग गरेका छन् ।