०५ साउन २०८३, मंगलबार

इजरायलको आक्रमणबाट घर ध्वस्त भएपछि भग्नावशेषबाट निकालिइन् बालिका

जेठ ३, २०७८
इजरायलको आक्रमणबाट घर ध्वस्त भएपछि भग्नावशेषबाट निकालिइन् बालिका

इजरायलले गाजामा गरेको हवाई आक्रमणका कारण ध्वस्त भएको घरको भग्नावशेषबाट ६ वर्षीया एक बालिका जीवितै उद्धार गरिएकी छन् । 

सुजी इशकुन्ताना नामक ती बालिकालाई उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेका हुन् । आक्रमणमा परी सुजीकी आमा र चार दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ । 

उनी शरीरमा धूलैधूलो थियो र एम्बुलेन्समा लैजाँदा उनी रोइरहेकी थिइन् । 

उनी भग्नावशेषमा सात घन्टा पुरिएकी थिइन् । शिफा अस्पतालमा उनले पितालाई भेटेकी थिइन् । पिता पनि घाउचोट लागेपछि त्यहीँ उपचार गराइरहेका थिए । 

पिता रियादले छोरीलाई भने, ‘माफ गर, छोरी । तिमीले चिच्याएर बोलाएकी थियौ तर म आउन सकिनँ ।’

उनीहरूको घरमा आइतवार बिहान इजरायलले आक्रमण गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्