०६ असार २०८३, शनिबार

रौतहट कारागारमा कैदीबन्दीसँगको भेटघाट बन्द

जेठ ३, २०७८
रौतहट कारागारमा कैदीबन्दीसँगको भेटघाट बन्द
प्रतिकात्मक तस्वीर

कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्ला कारागार रौतहटमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ ।

संक्रमण फैलिने जोखिमलाई ख्याल गर्दै भेटभाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

जेलर शम्भुप्रसाद यादवले जिल्लामा संक्रमितको संख्या वृद्धि भएकाले कैदीबन्दीसँगका भेटघाट बन्द गरिएको जानकारी दिए । कारागारमा हाल १४ महिलासहित ३६७ बन्दी छन् ।

वीरगञ्ज कारागारमा रहेका कैदीबन्दीलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भेटघाट गर्न दिने गरेको जेलर कृष्ण गैरेले बताए । कारागारमा महिला पुरुष गरी १ हजार २६८ बन्दी छन् ।

salt training

कमेन्ट गर्नुहोस्